राजनीति
कञ्चनपुरमा ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भिमदत्त नगरपालिका-७ हल्दुखाल बस्ने ४६ वर्षीय हरक सिँह महरा रहेका छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेलामा ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट समेत गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।