logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

पप्पु कन्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ


  • राजनीति
  • शुक्रबार, असार १५ २०८०

पप्पु कन्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । रौनियारलाई शुक्रबार काठमाडौंको बानेश्वरस्थित प्रहरी वृत्तको टोलीले पक्राउ गरेको हो ।

बाँके प्रहरीको अनुरोधमा उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको प्रहरी प्रहरी वृत्त बानेश्वरले जनाएको छ । रौनियारविरुद्ध बाँके प्रहरीमा ठगी मुद्दाको उजुरी परेको थियोे ।

पूर्ण सांसद समेत रहेका रौनियारको निर्माण कम्पनी पप्पु कन्ट्रक्सन पुलका ठेक्का लिने तर काम नसक्ने कम्पनीको रुपमा बदनाम छ । उनको निर्माण कम्पनीलाई सरकारले कालो सूचीमा समेत राखेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौनियारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दासमेत दाएर गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार