राजनीति
श्री एयरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ । उडिरहेका जहाजमा बारम्बार प्राविधिक समस्या आउन थालेपछि आजका सबै उडान स्थगित गरिएको श्री एयरलाइन्सले जनाएको छ ।
शनिबार काठमाडौं देखि धनगढीका लागि उडेको श्री एयरलाइन्सको ड्यास- ८ क्यु- ४०० जहाज प्राविधिक समस्या देखिएपछि चालक दलले उक्त जहाजलाई काठमाडौं नै फर्काएका थिए ।
श्री एयरलाइन्सले शनिबार राती एअक विज्ञप्ति जारी गर्दै प्राविधिक समस्या सामना गर्नु परेका कारण जाँचका लागी असार १७ (आज) का सबै उडान स्थगित गरेको जानकारी दिएको हो ।