राजनीति
बाग्लुङमा एक प्रहरी होटलमा मृत अबस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय भीमगिठे बाग्लुङका इन्चार्ज वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई) उज्वल पौडेल मृत्त अबस्थामा फेला परेका हुन्।
सोमबार राती बडिगाँउ गाँउपालिका ६ खालाबजारको आशा होटलमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सुचना अधिकारी मदन केसीले बताएका छन् ।
उनी होटलमा मृत भेटिएको भन्दै होटल सञ्चालकले राती १२ बजे प्रहरीलाई जानकारी गराएका थिए । यस घटनाको बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।