logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन सीआइबीले सरकारी वकिल कार्यालयलाई बुझायो


  • राजनीति
  • मंगलबार, भाद्र ५ २०८०

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

मंगलबार बिहान केही बेर अघि मात्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको सीआइबीका प्रवक्ता दिनेश आचार्यले बताए । यो प्रकरणमा सीआइबीले २ सय भन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाउनको लागि राय दिएको बताइएको छ ।

ललिता निवासमा बाँकी रहेको जग्गा हत्याउन भूमाफियाहरुले नक्कली गुठी खडा गरेर त्यसमा फर्जी मोही राखेर सरकारी जग्गा व्यक्तिको नाममा सारेको सीआइबीको निष्कर्ष रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार