logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

सन्दीपले गौशाला १६ को जन्ममितिबारे अदालतलाई दिए यस्तो जवाफ


  • राजनीति
  • बिहिबार, भाद्र ७ २०८०

नाबालिका बलात्कार आरोपि क्रिकेटर सन्दीप लामिछानेले पिडित भनिएकी बालिका गौशाला १६ को जन्ममितिको प्रमाणपत्र आफूलाई एक जना खेल समर्थकले दिएको अदालतमा जवाफ दिएका छन् ।

गत हप्ता जिल्ला अदालत काठमाडौंले लामिछानेले गौशाला १६ नाबालिका नभएको दाबी गर्दै अदालतमा पेश गरेको जन्मदर्ताको विषयमा प्रश्न उठाएर यसको आधिकारीकता पुष्टि गर्न भनेपछि उनले अदालतलाई यस्तो जवाफ दिएका हुन् ।

“मैले सम्मानित अदालतमा बयान दिने दिन धेरै जना शुभचिन्तकहरुलाई भेट्न आउनु भएको थियो । सोही क्रममा मेरो एक जना खेल समर्थकले उक्त जन्मदर्ताको किताबको सम्बन्धीत पृष्ठको प्रतिलिपि दिनु भएको थियो,” सन्दीपले अदालतमा दिएको जवाफलाई उदृत गर्दै जिल्ला अदालत स्रोतले भन्यो ।

बलात्कारको अभियोग इन्कार गर्दै आएका सन्दीपले किशोरी गौशाला १६ को उम्मेर १८ वर्ष भन्दा माथि भएको प्रमाणका रुपमा जन्मदर्ताको दर्ता किताब भन्दै सो काग अदालतमा पेश गरेका थिए ।

सन्दीपले ती किशोरीले आफू बलात्कृत भएको भनेको दिन सन्दीपले ती किशोरी १८ वर्ष पूरा भैसकेको भनेर कागज पेश गरेका थिए । उनको सोही कागजलाई अदालतले प्रमाणीत गर्न आदेश दिएको थियो ।

उनले अदालतमा दिएको बयानमा आफूलाई सो काजग कसले दियो र उनको नाम के हो भन्ने पनि थाहा नभएको र उनले त्यो कागज कुन सरकारी निकायबाट ल्याएका हुन भन्ने पनि थाहाँ नभउको बयान दिएको स्रोतको भनाई रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार