logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

बीवाईडीका एसिया प्यासिफिक म्यानेजर काठमाडौंमा


  • राजनीति
  • आइतबार, बैशाख २३ २०८१

चीनको विद्युतीय सवारी साधन उत्पादक कम्पनी बीवाईडीका एसिया प्यासिफिक क्षेत्रका म्यानेजर लिउ सुयेलिआङ नेपाल भ्रमणमा आएका छन् । उनी चार सदस्यीय टोलीको नेतृत्व गर्दै गएराति साढे ११ बजे काठमाडौं आइपुगेका हुन् ।

थाइ एअरवेजको उडान नम्बर टीजी ३०९ मा बैंकक हुँदै आएको टोलीमा लिन पिन, ख सुएह्वा र वाङ चियावे छन् । दुई दिनका लागि आएको टोली भोलि राति साढे ७ बजे हिमालयन एअरलाइन्सको उडान नम्बर एच९८७२ मा मलेसियाको राजधानी क्वालालम्पुर जाने बताइएको छ ।

टोलीलाई बीवाईडी नेपालका स्थानीय तथा चिनियाँ कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार