logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

दुर्गा प्रसाईंका दुई वटै अस्पतालको खाता फुकुवा गर्न सर्वाेच्चको अन्तरिम आदेश


  • राजनीति
  • सोमबार, बैशाख ८ २०८२

काठमाडौं । सर्वाेच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईं सञ्चालक रहेका दुई वटा अस्पतालको खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ ।

चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनपछि उक्त प्रदर्शनका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईं फरार भएका थिए । उनी फरार भएपछि उनको व्यक्तिगत सहित उनी सञ्चालक रहेका दुई वटै अस्पतालको खाता रोक्का गरिएको थियो ।

सर्वाेच्च अदालतले भने रोक्का गरिएका बैंकका खाता सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको हो ।

तीनकुने घटनापछि फरार प्रसाईँको व्यक्तिगत खातासहित अस्पतालको खाता पनि रोक्का गरिएको थियो। खाता रोक्कापछि वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र र्वाञ्चल क्यान्सर हस्पिटल प्रालिको तर्फबाट डा अञ्जली कार्कीले छुट्टाछुट्टै दुईवटा रिट दायर गरेकी थिइन्।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दुवै खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ।

डा‍‍‍.कार्कीले छुट्टाछुट्टै रिटमा नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटसहित १८ र १४ जनालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा खाता रोक्का गर्ने विपक्षीका नाममा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ।

आन्दोलनका क्रममा एक पत्रकार र एक सर्वसाधरण गरेर २ जनाको ज्यान गएको थियो भने सरकारी गाडीसहित निजी घरमा आगजनी र तोडफोड भएको थियो। यस्तै नेकपा (एकीकृत समाजवादी) को कार्यालय तथा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा पनि तोडफोड र आगजनी भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार