राजनीति
काठमाडौं । महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश भएको छ ।
महालेखा परीक्षक तोयाराम रायाले बुधवार शितल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई ६२ औँ वार्षिक प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा २९४ को उपधारा (१) महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।
महालेखा परीक्षक रायाले आज आर्थिक वर्ष २०८०/०८१ को महालेखापरीक्षकको बासठ्ठिऔं वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति मार्फत् जानकारी दिएको छ ।
हेर्नुहोस महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनको पूर्णपाठ