राजनीति
काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमले शरण चौधरी रिहा भएका छन् ।
विद्युतीय अपराध सम्बन्धी कसुरमा मंगलबार मात्रै पक्राउ परेका अध्यक्ष चौधरीलाई जिल्ला सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा रिहा गर्न प्रहरीलाई निर्देशन दिएपछि उनी रिहा भएका हुन् । इलाका प्र
हरी कार्यालय बुटवलका अनुसन्धान अधिकृत धर्मराज खत्रीका अनुसार चौधरीलाई प्रहरीको जिम्मा लगाउने कार्य भैरहेको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधीवक्ता प्रेमराज पौडेलले मुद्दाको मिसिल अध्ययन गर्दा थुनामा राखेर अनुसन्धान गर्न नपर्ने देखिएपछि अनुसन्धान अधिकृतलाई रिहा गर्न निर्देशन दिइएको बताए ।
अध्यक्ष चौधरीमाथि जबरजस्तीकरणीमा परेकी युवतीको गोपनिता भङ्ग गरेको आरोप लागेको थियो । विद्युतीय अपराधको कसुरमा जिल्ला अदालत रुपन्देहीबाट जेठ १ गते पक्राउ पुर्जी जारी भएका चौधरी मंगलबार आफैं प्रहरी समक्ष उपस्थित भएका थिए । उनलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको थियो ।