logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

जुम्लामा चट्याङ लागेर एक महिलाको मृत्यु


  • राजनीति
  • बिहिबार, जेष्ठ ९ २०८२

काठमाडौं । जुम्लामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

आज दिउँसो ४ बजेतिर चट्याङ लागेर तातोपानी गाउँपालिका– ८, टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए ।

मृतक शाही सुब्बाकुना पाटनमा यार्सागुम्बा खोज्न गएकी थिइन् । पाटनमा यार्सागुम्बा खोज्ने क्रममा चट्याङ परी मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार