logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

कर्णाली राजमार्ग ४ दिन बन्द हुने


  • राजनीति
  • शनिबार, जेष्ठ १८ २०८२

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

सुर्खेत । कर्णाली राजमार्ग ४ दिनसम्म बन्द हुने भएको छ ।

कर्णाली राजमार्गको खुलालु–लालीघाट सडकखण्डमा आगामी मंगलबारदेखि ४ दिन सवारी आवागमन पूर्ण रुपमा बन्द हुने भएको हो । राजमार्ग बन्द हुने भएपछि कालीकोट, बाजुरा र जुम्लाका नागरिकलाई असुविधा हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सरोकारवालाको बैठकले सडक स्तरोन्नतिका लागि चार दिन बन्द गर्ने निर्णय गरेको सहाजयक प्रमुख जिल्ला अधिकारी जनक शर्माले जानकारी दिए । उनका अनुसार यही जेठ २० गते बिहानदेखि २४ गते बेलुकी सम्म खुलालु–लालीघाट सडकखण्ड बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालयबाट ठेक्क सम्झौता भई निर्माणाधीन खुलालु–सडक खण्डमा आवश्यक संरचना निर्माण र मर्मतका लागि सवारी आवागमन रोकिएको जिल्ला प्शासन कार्यालयले जनाएको छ ।

निर्माण कार्य सहज बनाउन करिडोरको करिब एक किलोमिटर खण्ड चार दिन बन्द गनुृ परेको प्रशासनले जनाएको हो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार