राजनीति
काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
आज बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुप्रप ०१००१ ज १४६४ नम्बरको जिप केदारसिंह गाउँपालिका– ५ केदार गाउँमा दुर्घटना जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा फुड्सिल गाउँपालिका– ६ गगुडाका ४२ वर्षीय मिन बमको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपालय पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा घाँइते भएका जिप चालकसहित अन्य ८ जनाको शेलेश्वरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भिर, पाँच जनाको मध्यम र दुईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।