राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे कार्यालयमा उपस्थित भएका छन् । आफूलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएपछि पाण्डे बिहिवार बिहान कार्यालय समयै हाजिर भएका हुन् ।
बुधबार (असार ४) न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको थियो । अदालतको आदेशपछि पाण्डे बिहीबार महानगर प्रहरी बलको कार्यालय पुगेर काम थालेका हुन् ।
उच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म उनलाई नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको थियो ।