राजनीति
काठमाडौ । ललितपुर महानगरपालिका– ९ बालकुमारीबाट मनहरा खोलामा हाम फालेका एक एक युवकको सशस्त्र प्रहरीले उद्धार गरेको छ।
नुवाकोट घर भई पुनजीवन अस्पतालमा बालकुमारी ललितपुरमा उपचाररत २८ वर्षीय आयुष बढवाल बुधबार बिहान करिब ६४० बजे खोलामा हाम फालेका थिए।
नेकपा (एमाले) पार्टीका कार्यालय च्यास्लको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले उनको सकुशल उद्धार गरेको सशक्त प्रहरी बलका प्रवक्ता एम डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उद्धार गरिएका उनको अवस्था सामान्य रहेको बताइएको छ ।