logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

बाँदरको आक्रमणबाट एक जनाको मृत्यु


  • राजनीति
  • बुधबार, भाद्र ४ २०८२

काठमाडौं । नुवाकोटको कविलासमा बाँदरको आक्रमणबाट एक जना किसानको मृत्यु भएको छ ।

बाँदरको आक्रमणबाट घाइते भएका ५८ वर्षीय गोकर्ण नेपालीको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । पन्चकन्या गाउँपालिका (२ कविलास कोटथोकका नेपालीको बुधबार बिहान बाँदरको फौजले आक्रमण गर्दा मृत्यु भएको स्थानीयवासीले बताए ।

आफ्नै घरबारी पसेका बाँदर धपाउने क्रममा बाँदरको फौजले आक्रमण गर्दा अचेत भएका नेपालीलाई स्थानीयवासीले उद्धार गरि उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमै ज्यान गएको पन्चकन्या– २ का वडाध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए ।

मकै खाने क्रममा धपाउन गएका नेपालीलाई बाँदरको फौजले एक्कसाी आक्रमण गर्दा उनी बेहोस भएका थिए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार