राजनीति
काठमाडौं । भारतको हिमाञ्चाल प्रदेशको कोटखाइमा जिप दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा सल्यान जिल्लाका एकै परिवारका तीन सहित चार जना रहेका छन् । दुर्घटनामा सल्यानको कुमाख गाउँपालिका– ४ बस्नेतज्युलाका ३७ वर्षीय राजेश विष्ट, ४७ वर्षीय डिल्लीबहादुर शाही, ३७ वर्षीय एकेन्द्र शाही र २४ वर्षीय लक्ष्मी शाहीको मृत्यु भएको हो ।
पिकअप गाडी दुर्घटना हुँदा चारै जनाको घटनास्थलमै मृत्यु भएको कुमाख गाउँपालिका– ४ का वडाध्यक्ष शोभीलाल बस्नेतले जानकारी दिए । दशैंका लागि घर फर्किने भनि मजदुरीका लागि भारत गएका एकै परिवारका तीनसहित ४ जनाको मृत्यु भएपछि हाल गाउँनै शोखमा डुबेको छ ।
मृत्यु भएका चारै जनाको हाल पोस्टमार्टम भैरहेको र शिमलामा रहेका कुमाख गाउँपालिकाका स्थानीय र आफन्तको सहयोगमा उनीहरुको शव नेपाल ल्याउने तयारी भएको वडाध्यक्ष बस्नेतले बताए ।