logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

माटोको ढिस्कोमा पुरिएर चार जनाको मृत्यु


  • राजनीति
  • बुधबार, असोज १५ २०८२

सर्लाही । सर्लाहीमा माटोको ढिस्कोमा पुरिएर चार जनाको मृत्यु भएको छ ।

सर्लाही र महोत्तरीको सीमा भएर बग्ने हरिपूर्वा नगरपालिका– १ स्थित हर्दिखोलामा माटो लिन गएका तीन जनासहित एक वृद्धा माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृत्यु हुनेहरुमा महोत्तरीको सोनाम गाउँपलिका– ६ मगरथानका ५६ वर्षीया सायदा खातुन, ६ वर्षीया छबिबा खातुन, ८ वर्षीया डिल्ली मनसुन र ९ वर्षीया नर्गिस खातुन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक प्रवक्ता एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहका घटनास्थलबाट अचेत अवस्थामा उद्धार गरिएका चारै जनालाई प्रादेशिक अस्पताल मंगलवामा लगेर चेकजाँच गराउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

खोला किनारामा खुर्पीले माटो खन्ने क्रममा पुरै ढिस्को खसेपछि चारै जना परिएका हुन् । उनीहरुसँग चाडपर्वमा पूजाका लागि माटो लिन ६ जना संँगै गएकामा दुई जना भने भाग्न सफल भएका थिए । उनीहरुले नै गाउँलेहरुलाई घटनाको विषयमा जानकारी गराएपछि प्रहरीसहित स्थानीयहरुले उनीहरुलाई पुरिएको स्थानबाट निकालेका अस्पताल लगेका थिए ।

चारै जनाको मृत्यु भएपछि उनीहरुको शवको पोष्टमार्टमका लागि अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता सिंहले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार