logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

४ लाख घुस लिएको आरोपमा प्रधानाध्यापकसहित २ जना अख्तियारको नियन्त्रणमा


  • राजनीति
  • शनिबार, असोज २५ २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटमा ४ लाख ५० हजार घुस लिएको आरोपमा प्रधानाध्यापकसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार जयकिशन माध्यामिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसाद र अरविन्द प्रकाश सहकानुलाई नियन्त्रणमा लिइएको हो । पर्साको विरगञ्ज महानगरपालिका– १३ अदातरोस्थित एक होटलबाट घुस लिइसकेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रवक्ता पौडेलले बताए ।

विद्यालयले शिक्षक आवश्यक भनि खुलाएको विज्ञापनमा विचौलियासँग मिलेर प्रधानाध्यापक सञ्जयले घुस लिएको अख्तियारको दाबी छ । यस विषयमा थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार