logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

रुसी सेनामा भर्ना भएका पूर्वमाओवादी लडाकु सेक्सन कमाण्डरमा बढुवा


  • राजनीति
  • सोमबार, कार्तिक ४ २०८२

काठमाडौं । रुसी सेनामा भर्ना भएका पूर्वमाओवादी लडाकू डायमण्ड सी सेक्सन कमाण्डरमा बढुवा भएका छन् ।

म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जाल मार्फत् उनले आफू बढुवा भएको जानकारी दिएका हुन् । जनयुद्धमा सहभागी हुदा देखेका कैयन सपना अधुरै रहेकाले ती अधुरो सपनाकैबीच रुसको पक्षवाट रुस–युक्रेन युद्धको एक हिस्सेदार बन्ने कठोर निर्णय लिएको उनले बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्ः

……कहिलेकाहीँ जिवनमा देखेको सपना पूरा हुन्न वरु नदेखेको सपना पूरा हुन्छ। जनयुद्धमा सहभागी हुदा देखेका कैयन सपना अधुरै रह्यो,ती अधुरो सपनाकै विच रुसको पक्षवाट रुस-युक्रेन युद्धको एक हिस्सेदार वन्ने कठोर निर्णय गरियो । भिषण युद्धको विच आफ्नै जिवनको कुनै ग्यारेन्टी नहुने परिस्थितिमा समेत सुरुमा रसियन सेनाको जुनियर सर्जेन्ट अर्थात सेक्सन सह-कमाण्डर र पछिल्लोपटक सर्जेन्ट अर्थात सेक्सन कमाण्डरको रुपमा अग्रमोर्चामा खटेर प्राईमरी एसल्ट सेक्सनलाई कमाण्ड गर्ने विषय सहज त थिएन नै,यद्यपि युद्धकालिन समयको माग अनुसार जिम्मेवारी पूरा गर्नै पर्ने रहेछ।।।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार