राजनीति
राष्ट्रपति पौडेल–भाइटीका
काठमाडौँ, ६ कात्तिकः यम पञ्चकको पाँचौँ दिन बिहीबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल शुभसाइतमा दिदीबहिनीबाट भाइटीका गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रास
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरु शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको भाइटीका लगाएका छन् ।
पौडेलले आज राष्ट्रपति भवन शितल निवासमा ११ः३९ बजेको शुभसाइतमा बहिनीहरु शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजेको लागि निर्धारण गरेको थियो ।
भाइ टीकाको उत्तम साइत निर्धारण गरिएपनि दिनभरी नै टीका लगाउन सकिने समितिले जनाएको छ । यमपञ्चको अन्तिम दिन आज दीदीबहिनीले दाजुभाइ र दाजुभाइले दीदीबहिनीलाई टिका लगाउने गरीन्छ ।