राजनीति
काठमाडौं । केही दिन अघि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको निधन भएको छ ।
उनको उपचारको क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा आज बिहान निधन भएको काठमाडौं प्रहरी परिसरका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । पौडेलले गत शनिबार काठमाडौंको अनामनगरस्थित गायक बाबुल गिरीको स्टुडियोमा गएर शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् ।
आत्मदाह प्रयास पछि गम्भीर घाइते भएकी नितुलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो ।