राजनीति
काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिकामा लेक लागेर दुई जना भरीयाको मृत्यु भएको छ ।
पर्यटकको भारी बोकेर फर्किने क्रममा दुबै जना बिरामी परेका थिए । शनिबार नाफाभूमी– ४, काङ्लाफेदीबाट फर्किने क्रममा लेक लागेर लमजुङको कोलोसाथर गाउँपालिका– ४ का ४८ वर्षीय डिलबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लेक लागेर बिरामी भएका गुरुङलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि पोखराको मणिपाल अस्पताल पठाइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
यस्तै, नाफाभूमी– ४ याकखर्कमा पर्यटकको भारी बोकी फर्किने क्रममा शुक्रबार नुवाकोटको किस्पाङ गाउँपालिका– ११ का ४९ वर्षीय साम्बा घलेको पनि लेक लागेर मृत्यु भएको थियो ।