राजनीति
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वेको बत्तिमा समस्या आएपछि उडान अवरुद्ध भएको छ ।
अन्तर्राष्ट्रिय उडानहरु होल्ड गरिएको छ भने आन्तरिक उडानका जहाजहरुलार्य विमानस्थलमै रोकिएको छ । हाल भने प्राविधिक समस्या समाधानको प्रयास भैरहेको विमानस्थल स्रोतले जनाएको छ ।
स्रोतका अनुसार समस्या समाधान भएपछि सबै उडान पुनः सञ्चालन गरिनेछ । सिस्टममा समस्या आएपछि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान र अवतरण पूर्ण रुपमा बन्द गरिएको छ ।
विमानस्थल पूर्ण रुपमा बन्द हुँदा अवतरणको तयारीमा रहेका जहाँजले भने आकाशै फन्को मारिरहेका छन् ।