logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

करेन्ट लागेर रुपन्देहीमा एक जनाको मृत्यु


  • राजनीति
  • बिहिबार, मंसिर ५ २०८२

काठमाडौं । विद्युतको करेन्ट लागेर रुपन्देहीको देवदहमा एक जनाको मृत्यु भएको छ ।

देवदह प्रहरी चौकिका अनुसार करेन्ट लागेर बुलीङटार नगरपालीकाका वडा नम्बर १ नवलपुर निवासी २९ वर्षीय देवबहादुर आलेको मृत्यु भएको हो । प्रहरीका अनुसार देवबहादुर वडा नं ६ खैरेनिस्थित कृष्ण क्षेत्रीको घरमा झालर टाँगे्र क्रममा आलेलाई करेन्ट लागेको थियो ।

देवदह चौकिका वरिष्ठ सई कवि सेन्चुरीका अनुसार क्षेत्रीका घरमा बिहेको लागि झालर टाग्न गएका आलेलाई बिहिबार बिहान पौनी १२ बजे घरमाथि रहेको
११ केभिएको लाईनको झटका लागेको थियो ।

विद्युतको झट्का लागेर अचेत अवस्थामा रहेका आलेलाई उपाचारको लागी देवदह मेडिकल कलेज भलुही पुर्याएकोमा उपाचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

े

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार