राजनीति
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।
सर्वाेच्च अदालतले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् । प्रसाईंले हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले उनलाई केही दिन अघि प्रसाईंको निवासबाटै पक्राउ गरेको थियो ।
प्रसाईंलाई प्रहरीले पक्राउ गरेपछि उनका छोरा निराजनले सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उक्त बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
सर्वाेच्च अदालतका न्यायाधीशद्धय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार प्रहरीलाई हिरासतमुक्त गर्न आदेश दिएको थियो ।