logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

तत्कालीन गृहमन्त्री लेखकविरुद्धको स्थानहद फुकुवा


  • राजनीति
  • बिहिबार, पुष १७ २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्धको स्थानहद फुकुवा भएको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए । उक्त आन्दोलनबारे अनुसन्धान गर्न सरकारद्धारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले लेखकविरुद्ध स्थानहद लगाएको थियो ।

लेखकलाई बयानका लागि आयोगले पत्र पठाएपछि उनले बुधवार आयोगमा गएर बयान दिएका थिए । बयान दिएपछि उनीविरुद्धको स्थानहद फुकुवा गरिएको छ । आयोगले बिहिवार गृहमन्त्रालय मार्फत् स्थानहद फुकुवा गरेको जानकारी गराइसकेको छ ।

गत असोज १२ गते बसेको आयोगको बैठकले स्थानहद लगाउने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार