logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

सहसचिव प्रदीप परियारले पाए अदालतबाट सफाइ


  • राजनीति
  • मंगलबार, पुष २२ २०८२

काठमाडौं । सहसचिव प्रदीप परियारले भ्रष्टाचार सम्बन्धी मुद्धामा सफाइ पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको एक ठेक्कामा अनियमिता गरेको आरोपमा गत जेठ २८ गते दायर गरेको मुद्धामा फैसला सुनाउँदै विशेष अदालतले परियारसहित सबैलाई सफइ दिएको हो ।

विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले मंगलबार परियारसहित सबैलाई सफाइ दिएको हो । ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा परियारसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

नेपाल सरकारको सहसचिव परियार भ्रष्टाचार मुद्दा दर्ता हुँदा सूचना तथा प्रसारण विभागको महानिर्देशकको जिम्मेवारीमा थिए ।

चार करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना भएको भन्दै अख्तियारले मुद्दा चलाएको थियो । यस मुद्दामा परियारसहित महानगरपालिकाका निर्देशकहरू रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल तथा सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरी प्रतिवादी रहेकोमा सबैले सफाइ पाएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार