राजनीति
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् ।
साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्ष पनि हुन् । आइतबार नै कार्यपालिका बैठकमा धरान– १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन् । उनलाई नेकपाले सुनसरी एकमै उम्मेदवार बनाएको छ ।