राजनीति
काठमाडौं । निर्वाचनमा राष्ट्रिय झण्डाको दुरुपयोग गरिए गृह मन्त्रालयले कारबाही गर्ने भएको छ । गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आईतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कार्य गरिए कारबाही गरिने जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय झण्डा कसरी प्रयोग गर्ने भन्ने बारे “राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९” भएको हुँदा सो अनुसार मात्रै प्रयोग गर्न अनुरोध गरिएको छ ।
विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न नपाइने समेत उनले बताए । त्यस्तै व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतिक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मर भन्दा माथिको भाग बाहेक अन्यन्त्र लगाउन नपाइने पनि भनिएको छ ।
