logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति


  • राजनीति
  • मंगलबार, फाल्गुन ५ २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईं हिजो साँझ भक्तपुरबाट पक्राउ परेका थिए ।

प्रसाईंले सरकारसँगको सम्झौता कार्यान्वयन नभए अनिश्चित् कालिन बन्द र निर्वाचन हुँनै नदिने चेतावनी दिँदै आएका थिए । यस अघि पनि पक्राउ परेका प्रसाईं हाजिरी जमानीमा छुटेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार