राजनीति
काठमाडौं । रुकुम पूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
गए रातीदेखि निरन्तर भैरहेको हिमपातका कारण रुकुम पूर्वको भूमे गाउँपालिका– १ मा पर्ने लुकुम–पातिहाल्ना सडकखण्ड अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा दर्जनौं सवारी साधनसहित यात्रुहरु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।
अलिहे सो सडक खण्डमा काठमाडौंबाट छुटेका रात्रिकालीन बसहरु फसेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब उपरीक्षक केशवराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार रुकुम–पातिहाल्ना क्षेत्रमा ७ वटा बस, एउटा जिप र ५ वटा मोटरसाइकल र करिब २५० यात्रु अलपत्र परेका छन् ।
अहिले पनि लगातार वर्षा र हिमपात भैरहेका कारण सडक सञ्चालनमा चुनौती देखिएको छ । यस क्षेत्रमा अहिले फोन सेवा पनि अवरुद्ध हुँदा थप समस्या भएको छ ।
यद्यपी यात्रुहरुको उद्धारका लागि स्थानीय तहसँग समन्वय भैरहेको उपरीक्षक ज्ञवालीले बताए ।