logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

हाकिम हराएपछि मेयरले गरे फेसबुकमार्फत् खोजी


  • राजनीति
  • बिहिबार, चैत्र १२ २०८२

काठमाडौं । चितवनमा एक जनाप्रतिधिले आफ्ना हाकिम हराएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत् खोजी गरेका छन् ।

जिल्लाको राप्ती नगरपालिकाका मेयर शमशेर लामाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानलाई कार्यालय वा सम्पर्कमा आइदिन आग्रह गरेका छन् ।

प्रधान लामो समयदेखि कार्यालयमा उपस्थित भएपछि मेयर लामाले कार्यालयमा उपस्थित हुन आग्रह गरेका हुन् ।

“धेरै भयो हजुर नगरपालिकामा नबस्नु भको, अब त घर बस्न पनि दिक्क भो होला, नगरका धेरै जनताका काम अपुरा छन्, नगर ठप्प भाको छ । म हजुरलाई बिन्ति गर्छु, आउनुस्, काम गर्नुस्, मैले भनेका काम गर्नु पर्दैन, अहिलेसम्म गर्नु पनि भाको छैन । कानुनसँग मेल खाने काम गर्नुस्,” मेयर लामाले सामाजिक सञ्जालमा लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार