logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

प्रतिनिधि सभामा ३ अध्यादेश पेश


  • राजनीति
  • बिहिबार, चैत्र १९ २०८२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले प्रतिनिधि सभाको बसेको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गरेका छन् ।

सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरुले मन्तव्य राखिसकेपछि गृहमन्त्री गुरुङले “मतदाता नियमावली (पहिलो संशोधन) अध्यादेश, २०८२”, “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२” र “नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२” पेश गरेका हुन् ।

नेपालको संविधानको धारा ८४ को उपधार (२) बमोजिम समानुपातिकको बन्द सूचीमा समावेश गराउनु पर्ने जनसंख्याको आरक्षणका लागि अध्यादेशबाट कानून संशोधन गरिएको थियो ।

गृहमन्त्री गुरुङले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गतबाट गृह मन्त्रालय अन्तर्गत राख्न “नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश” जारी भएको जानकारी दिए ।

प्रतिनिधि सभाको अर्काे बैठक यही चैत्र २२ गते आइतबार बिहान ११ः०० बजे बस्ने गरी आजको बैठक स्थगित भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार