logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

चिकित्सककि छाेरी अपहरण गर्ने अभियुक्त पक्राउ


  • आश तमु
  • मंगलबार, माघ २२ २०७५

थापाथलीस्थित प्रसूतिगृहकी चिकित्सक बबिता साहकी २ वर्षीया छोरी सन्विज्ञाको अपहरणमा संलग्न मनीष गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गुप्तालाई सोमबार महोत्तरीको भिटामोडबाट पक्राउ गरिएको महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ परेका साहबारे दिउँसो २ बजे पत्रकार सम्मेलन गरी सार्र्वजनिक गरिने पनि बोगटीले जानकारी दिए ।

साहले बालिकालाई गत माघ ११ गते बिहान कोटेश्वरको खरिबोट महादेवस्थानबाट अपहरण गरेका थिए ।

प्रहरीले अपहरणमा संलग्न भनिएका आरती गुप्ता र बबलु श्रेष्ठलाई यसअघि नै  जनकपुरबाट पक्राउ गरेको थियो ।

शाहकी अपहृत दुई वर्षीया छोरीको करीब आठ घण्टापछि सकुशल उद्धार गरिएको थियो । अपहरणकारी गुप्ता भने फरार रहँदै आएकाे बताइएको थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार