logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एकैसाथ २ सय ३४ न्यायाधीशकाे सरुवा यस्तो छ कारण


  • राजनीति
  • बिहिबार, साउन २ २०७६

न्यायपरिषदको बैठकले जिल्ला अदालतका १ सय ५६ र उच्च अदालतका ७८ गरी २ सय ३४ न्यायाधीशहरुको एक्कैसाथ सरुवा गरेको छ । आज बसेको न्यायपरिषदको बैठकले सो निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश शिवराज अधिकारीलाई सिफारिस गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्ण गिरी, उच्च अदालत सुर्खेतका न्यायाधीश शान्तिसिंह थापा, उच्च अदालत दिपायलका न्यायाधीश वालेन्द्र रुपाखेती, उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जका न्यायाधीश चन्द्रबहादुर सारु र उच्च अदालत विराटनगर इलाम इजलाशका न्यायाधीश रवि शर्मा अर्याललाई तोक्न सिफारिस गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार