logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रवि लामिछाने बिरुद्ध यस्तो अभियाेग पत्र दायर गर्दैछन् सरकारी वकिल


  • राजनीति
  • आइतबार, भाद्र ८ २०७६

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टिभी प्रस्तोता रवि लामिछानेविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गर्दैछ ।

स्रोतका अनुसार आइतबार ११ बजे अदालतमा मिसिल पेश गर्ने तयारी भएको छ ।

लामिछानेविरुद्ध अभियोग पत्र दायर गरेसँगे भोलिदेखि नै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुनेछ । यदि भोलि बहस नसकिए भदौ ९ गते अर्थात पर्सी पनि बहस चल्ने छ ।

बहस सकिएपछि लामिछाने रिहा हुने नहुने बारे निर्णय हुने जिल्ला अदालतका एक न्यायधीशले रातोपाटीलाई जानकारी दिए ।

प्रहरी अब थप म्याद माग्ने पक्षमा नरहेका कारण उनीविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्न लागेको जनाइएको छ ।

पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसँगै सञ्चारकर्मी युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई अनुसुनधानको लागि भन्दै प्रहरीले गत हप्ता पक्राउ गरेको थियो ।

पत्रकार पुडासैनी साउत २० गते नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । आत्महत्या गर्नुअघि पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार