logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रवि लामिछाने निर्दाेष, अदालतबाट भयाे यस्तो फैसला


  • राजनीति
  • आइतबार, माघ ५ २०७६

आत्महत्या दुरुत्साहन मुद्दामा अभियुक्त बनाइएका संचारकर्मी रवि लामिछानेले सफाइ पाएका छन् । चितवन जिल्ला अदालतले सो मुद्दामा आइतबार फैसला गर्दै लामिछानेसहित तीन जनालाई सफाइ दिएको हो ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा भएको दुवै पक्षका कानुन व्यवसायीको बहसपछि सो फैसला भएको हो । जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले तीन जनालाई सफाइ दिने फैसला भएकाे जानकारी दिए । २० साउनमा नारायणगढको कंगारु होटेलमा नुवाकोट घर भएका सालिकराम पुडासैनी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले उनको साथबाट बरामद गरेको मोबाइलमा आत्महत्यासम्बन्धी बयानको भिडियो फेला पारेको थियो ।

भिडियोमा आफूले आत्महत्या गर्नुको प्रमुख कारण लामिछाने, युवराज कँडेल र अस्मिता कार्की भएको दाबी गरिएको छ । सोही आधारमा प्रहरीले तीन जनामाथि आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको थियो । यसअघि थुनछेक मुद्दामा अदालतले गत ९ भदौमा लामिछानेलाई पाँच लाख, कँडेललाई तीन लाख धरौटी तोकेको थियो भने कार्कीलाई साधारण तारेखमा रिहा गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार