logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आस्थाका बन्दी रिहा हुने संकेत, यस्तो मुडमा महान्यायाधिवक्ता


  • राजनीति
  • शुक्रबार, चैत्र १४ २०७६

dxfGofoflwjQmf v/]n ;o lbgsf] sfo{ljj/0f ;fj{hlgs dxfGofoflwjQmf clUgk|;fb v/]n z'qmaf/ sf7df8f}Fdf cfof]lht kqsf/ e]63f6 sfo{qmddf ;o lbgdf ;Dkflbt sfo{ljj/0f / cfufdL sfo{of]hgf ;fj{hlgs ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

बिश्वभर महामारीको पुरपमा फैलिएको काेराेना भाइरस नेपाल मा पनि देखापरेकाे छ। हालसम्म चार जना नेपाली मा देखिएकाे छ भने यसले सबै तिर त्रास उत्पन्न गराएकाे छ। यसै बिच महान्यायाधिवक्ता अग्नि खरेलले विभिन्न कारागारमा कैदी जीवन बिताइरहेका जेष्ठ नागरिक र बालसुधार गृहमा रहेका बालबालिकालाई कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगाउन निवेदनका आधारमा रिहा गर्ने प्रक्रिया चलिरहेको बताएका छन् ।

महान्यायाधिवक्ता खरेलले कानुनको द्वन्द्वमा परेर कैदीका रुपमा रहेका देशभरका ८ वटा बाल सुधार गृहका करिब ९ सय बालबालिकाहरु हरेको बताए । उनीहरु सबै १८ वर्ष मुनिका छन् । ती मध्ये ९० जनालाई अभिभावकको निवेदनका आधारमा रिहा गरिएको र अरु पनि यही प्रक्रियाबाट रिहा हुने उनले बताए ।

सम्बन्धित जिल्ला अदालतको आदेशबाट गम्भीर प्रकृतिका अपराधमा संलग्न बाहेक अन्य बालबालिकालाई सुधारगृहबाट मुक्त गर्ने निर्णय भइसकेको छ । सोही अनुसार सर्वोच्च अदालतले पनि सम्बन्धित जिल्ला अदालतहरुलाई आदेश दिएको छ ।

महान्यायाधिवक्ता खरेलले जेष्ठ नागरिकसम्बन्धी विशेष ऐन र सर्वोच्च अदालतको आदेशलाई समेत आधार बनाएर ६५ वर्षमाथिका जेष्ठ नागरिकहरुलाई पनि जेलमुक्त गर्न भनिएको बताए । कानुनले तोकेको न्यूनतम सजाय काटिसकेका सबै जेष्ठ नागरिकलाई जेलमुक्त गरिने उनले बताए ।

कारागारहरुमा कैदीको संख्या घटाएर संक्रमणको जोखिम कम गर्ने रणनीति अनुरुप महान्यायाधिवक्ता खरेलले गत साता सरोकारवालाको बैठक राखेर जघन्य अपराध र न्यूनतम सजाय भुक्तान गरी नसकेका बाहेक अन्य कैदीलाई रिहा गर्नका लागि सर्वोच्च अदालतलाई समेत आग्रह गरेका थिए ।

खरेलले गम्भीर अपराध बाहेक अन्य सामान्य घटनाका अभियुक्तलाई अहिलेको संक्रमणको जोखिमका बेला पक्राउ गरेर हिरासतमा राख्न भन्दापनि हाँजिरी जमानी वा तारेखमा छाड्न आदेश दिएका छन् । सोही अनुसार सरकारी वकिल र प्रहरीले हिरासतमा भीडभाड नगर्ने नीति अनुरुप काम गरिरहेको उनले बताए ।

कोरोना संक्रमणको आतंकलाइ मध्यनजर राख्दै देशभरका हिरासत र कारागारहरु लाइ खाली बनाउने मुडमा महान्यायाधिवक्ता पुगेकाछन । संक्रमणको मुल कारण मध्य भिड हुने भएकोले उक्त कार्यलाइ न्यूनीकरण गर्न गंभिर अपराधमा दाेषी बाहेक अरुलाई रिहा गर्ने प्रक्रियामा अनुरुप काम भइरहेको बताइएको छ ।

यसै विचमा एक वर्ष भन्दा बढी समय देखी प्रतिबन्धत खेप्दै आएको विप्लव नेतृत्वको नेकपाका १६ सय बढि नेता कार्यकर्ताहरु आस्थाका आधारमा विभिन्न मुद्दा लगाउदै जेल र हिरासतमा छन । महान्यायाधिवक्ताको उक्त भनाइलाइ हेर्ने हो भने बिचारका आधारमा जेल र हिरासतमा रहेका नेकपाका सबै नेता कार्यकर्ता छुट्ने संभावना देखिन्छ  ।

अनलाइन खबरसंग कुराकानीमा आधारित

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार