राजनीति
भा’गर’थी भट्टको ब’ला’त्का’रपछि ह’त्या भएपछि नेपाल प्रहरी निकै दबाबमा थियो । विगतमा निर्मला पन्तको कञ्चनपुरमा ब’ला’त्का’रपछि ह’त्या भएपनि दो’षी पत्ता लाग्न सकेको थिएन । त्यसैले भागरथी भट्ट ह’त्या प्रकरणले राजनीतिक रुप लिन थालिसकेको थियो ।
सडकमा ब’ला’त्का’रविरुद्ध प्रदर्शन बढ्दै गएको थियो । यसले प्रहरी मुख्यालय मात्र नभई सिंहदरबार र बालुवाटार समेत दबाबमा परे ।
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल देखि आइजीपी शैलेश थापा क्षेत्रीले समेत घ’ट’नाबारे चासो बढाएका थिए ।
क्षेत्रीले सिधै सुदूर पश्चिमका डिआइजी उत्तमराज सुवेदीलाई सम्पर्क गरी घ’ट’नाको अ’नु’स’न्धा’नबारे छलफल गरेका थिए ।
प्रहरी मुख्यालको निर्देशनलगत्तै डिआइजी सुवेदी आफै बैतडी पुगे । उनी घट’ना’स्थलमा समेत पुगे । तालिमप्राप्त कुकुर र प्राविधिकहरु समेत लिएर सुवेदी बैतडी पुगेपछि आ’रो’पी दिनेश भट्ट समेतको मुटुले ढ्याङ्ग्रो ठोकेको थियो । उनी अन्य दिन ब’ला’त्का’र’विरुद्धको प्रदर्शनमा पुग्थे । तर, सोही दिन गोठालो गए । त्यसले उनी शं’का’को घे’रा’मा परे ।
डिआइजी सुवेदीले संयम भएर घ’ट’नाबारे गहिरो अनुसन्धानको नेतृ्त्व लिए । उनले बरु समय लागोस् तर दोषी उम्कन नपाओस् र प्रमाणहरु पनि यथेष्ठ संकलन होस् भन्ने उद्देश्यका साथ पाइला चाले ।
नभन्दै दिनेश भट्टको पहिचान भयो । उनलाई नि’ग’रानी’मा मात्र राखेर अनुसन्धान जारी राखियो । दिनेशकै घ’टनामा सं’लग्नता रहेको लगभग निश्चित भएपछि उनलाई प’क्रा’ऊ गरी बयान लिइयो ।
सुवेदीले निकै सावधानी अपनाउँदै कुशलतापूर्वक अनुसन्धानको नेतृत्व लिएर भागरथी हत्याका आरोपी पत्ता लगाई का’र’बा’हीको दायरामा ल्याउन सके ।