logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बडाल महान्यायाधिवक्ता नियुक्त


  • राजनीति
  • शुक्रबार, चैत्र ६ २०७७

केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताका अधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडालाई महान्यायाधिवक्ता नियुक्त गरेको उच्च स्रोतले जनाएको छ । बडाल नेपाल बार एशोसियसनको उपाध्यक्षमा निर्वाचन समेत लडेका थिए ।

पछिल्लो नेकपा विवादमा कानून व्यवसायीहरु धेरेजसो प्रचण्ड माधव पक्षमा उभिदा बडालले ओलीलाई साथ दिएका थिए । उनी निर्वाचन आयोगमा केपी ओलीको प्रतिनिधिका रूपमा समेत जाने गरेका थिए ।

अग्नि खरेलले आज महान्यायाधिवक्ताबा राजिनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार