पाल्पा रामपुर अस्पतालका वाडमा रहेका विरामिहरुलाई रामपुर युवा क्लवले निशुल्क खाना खुवाउन थालेको छ ।
उक्त अस्पतालमा उपचाररत विरामी,कुरुवा,उपचारमा खटिने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुलाई समेत विहिबार साँझबाट खाना खुवाउन शुरु गरेको छ ।
अस्पताल परिसरका होटलहरुले काेभिड जाेखिमका भन्दै खाना खुवाउन नसक्ने भए पछि रामपुर युवा क्लबले विरामी र स्वस्थ्यकर्मीहरुको हौसलाको लागि खाना खुवाउन थालेको हो । रामपुर युवा क्लवका अध्यक्ष छम बहादुर दरैले भन्नुहुन्छ “कोरोना वार्डमा रहेका विरामीको लागी पैसा दिएर पनि नजिक खाना खान पाउने अवस्था नरहे पछि तत्कालको लागी क्लवका सदस्यहरु संगै ट्राभल डेन्टिष्ट्री नेपाल संस्थाको सहयोगमा खाना खुवाउन थालेका हौं ।” अध्यक्ष दरैले मानवताका हिसाबले पनि सेवा गर्नु पर्छ भनेर लागेको बताउनुभयो ।
रामपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विजय परियारले विषम परिस्थितिमा क्लवले देखाएको सक्रियता सह्रानिय रहेको बताउनुभयो । रामपुर अस्पतालको निर्माणाधिन भवनमा अक्सिजन सहितको १० शैयाको कोभिड वार्डमा अहिले २ जना संक्रमित विरामी रहेका छन् । कोभिड वार्डमा ३ जना स्वास्थ्यकर्मी, १ जना गार्ड र एक जना वार्ड सहयोगी रहेका छन्