logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एक्कासि संवैधानिक इजलासकाे बहस स्थगित, यस्तो छ कारण


  • राजनीति
  • शुक्रबार, जेष्ठ १४ २०७८

कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएका छन् ।

उनले बहस गर्नुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई दुई टुक्रा हुने गरी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर प्रश्न उठाएका हुन् ।

“नेकपा पार्टी उहाँको इजलासले दुईटुक्रा बनाइदियो, उहाँबाट कसरी प्रभावित हुँदैन ?,” बन्दीको प्रश्न थियो,“त्यहीसँग जोडिएको मुद्दामा उहाँको सहभागिताले प्रश्न उठ्ने काम गरेको छ ।”

बन्दीले प्रश्न उठाएपछि आइतबारसम्मका लागि बहस स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले व्यक्तिका बारेमा प्रश्न नउठाउन अनुरोध गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार