राजनीति
जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
यस प्रकरणमा मंगलबा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङसहित चार जनालाई सरकारी वकिलको कार्यालय लगिएको थियो । पक्राउ परेका गुरुङसहित धर्मप्रसाद गौतम र पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह विरामी परेपछि उनीहरुलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
आज सिआईबीले उनीहरुलाई सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले यस प्रकरणमा थप अनुसन्धान अगाडी बढाउनको लागि चारै जनालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको हो ।