राजनीति
काठमाडौं । नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगीता पहाडीलाई विशेष अदालतले २ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
मङ्गलबार उच्च अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र बिदुर कोइरालाको संयुक्त इजलासले पहाडीलाई दुई लाख धरौटीमा छाट्न आदेश दिएको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।
बिलिङ्ग सिस्टम अपग्रेड गर्ने कार्यमा मिलोमत्तो गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेपेकी पहाडी मङ्गलबार अदालतमा उपस्थित भएकी थिइन्। थुनछेक बहसपछि उनलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचार र अकुत सम्पत्ति कमाएको मुद्दामा निलम्बन भएपछि पहाडी निमित्त हुँदै विष २० भदौ २०८१ मा प्रबन्ध निर्देशकमा नियुक्ति भएकी थिइन्।
गत जेठ २५ गते पहाडी सहित १८ दिनजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गराएको थियो। भ्रष्टाचार मुद्दा दायर भएसँगै पहाडी स्वतः निलम्बनमा परेकी थिइन् ।