logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश


  • राजनीति
  • सोमबार, फाल्गुन ११ २०८२

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन मुद्दाको फाइल झिकाउन आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्क्त इजलासले महान्यायाधिवताको कार्यालयबाट फाइल झिकाउने आदेश जारी गराको हो ।

प्रसाईंका तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरको रिटबाट सुनवाईका क्रममा जिल्ला प्रहरी परिसरले पठाएको लिखित जवाफका आधारमा फाइल झिकाउने आदेश गराको हो।

उनी यस अघि माघ २३ मा पनि पक्राउ परेर हाजिर जवानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्युरोले अनुसन्धानको आधार बनाएर बयान लिएको थियो।

प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन बिथोल्ने अभियान सुरु गर्न लागेको आशंका लागेपछि प्रहरीले उनलाई पटक पटक पक्राउ गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार