राजनीति
काठमाडौं । सर्वाेच्च अदालतले मेडिकल व्यवसायी एवम् सामाजिक अभियान्ता दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।
मंगलबार न्यायाधीशद्धय मनोज कुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई गैरकानूनी रुपमा हिरासतमा राखिएको ठहर गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो ।
उनलाई गैर कानूनी रुपमा थुनामा राखिएको भन्दै गत साता उमा प्रसाईंले सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् । निर्वाचन आयोगको सिफारिस बमोजिम प्रहरीले फागुन ४ गते प्रसाईंलाई पक्राउ गरेको थियो ।