logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

‘राजा नाच्दैमा गणतन्त्रको जग हल्लिनु यति कमजोर भइसक्यो र ?- कमल थापा


  • राजनीति
  • सोमबार, पुष २ २०७५

धनगढी – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रुपमा लम्पसारवादी भइसकेको आरोप लगाएका छन्।

आइतबार राप्रपा प्रदेश–७ ले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले निर्मला हत्याकाण्डदेखि, सुनकाण्ड, सिण्डिकेट हटाउने, काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने लगायतका विषयमा सरकार असफल भइसकेको दावी गरेका हुन्।

राजाबिना देश अभिभावकविहीन बनेको दावी गर्दै थापाले भने, ‘जनतामा राजसंस्थाप्रतिको माया पलाइरहेको छ, अब हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रका लागि हामी देशभर अभियान चलाउछौँ र निष्कर्षमा पुर्याउछौँ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले केहीदिन अघि एक पारिवारीक पार्टीमा नाचेको विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकाटिप्पणी गरेको बताउँदै थापाले प्रश्न गरे, ‘राजा नाच्दैमा गणतन्त्रको जग हल्लिनु यति कमजोर भइसक्यो र? पूर्वराजा हाँस्न नहुने? बोल्न नहुने, खेल्न नहुने हो र?’

पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपासँग पनि एकता प्रक्रिया अन्तिम चरणमा रहेकोले छिट्टै एकता प्रक्रिया टुंगिने दावी थापाको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार