राजनीति
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको एकता सत्ता प्राप्तिका लागि मात्रै भएको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्य ‘किरण’ ले बताएका छन्।
रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘यो एकता सत्ताका लागि मात्रै हो, कम्युनिष्ट एकता होईन्’ उनले भने ‘यो लामो समय टिक्दैन्।’ सैदान्तिक रुपमा एकता नभई चुनाव जित्नलाई मात्रै गरिएको उनको भनाई छ।
भारतले नेपालको सीमा मिच्दा पनि सरकारले केही पहल नथालेको उनले आरोप लगाए। उनले पार्टीले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि मेची महाकाली अभियान शुरु गर्ने निर्णय गरेकोसमेत जानकारी दिए।
फरक प्रशंगमा महासचिव ‘किरण’ले राष्ट्रिय स्वाधीनता रक्षा र जनजीविकाका सवालमा मुद्दा मिल्नेसँग कार्यगत एकता गरेर अगाडि बढ्ने बताएका छन्। विभिन्न क्रान्तिकारी शक्तिहरुसँग पार्टी एकता गरेर सच्चा कम्युनिष्ट पार्टी निर्माण गर्ने पनि बताए। त्यसका लागि बिप्लव, किराती, मोहन बिक्रमलगायतसँग छलफल भईरहेको उनले जानकारी दिए।
‘कुराकानी भईरहेको छ, टुट्न केही सजिलो भएपनि एकता गर्न केही कठिनाई हुन्छ, तर एकपटक सच्चा कम्युनिष्टहरु एक हुन्छौं’ उनले भने।