राजनीति
g]sf dxf;ldlt a}7s aGb;qdf ;xefuLx?
sf7df8f}Fdf d+unaf/ g]kfnL sfFu|];sf] dxf;ldlt a}7ssf] aGb ;qdf ;xefuL g]tf tyf sfo{stf{ . tl:a/M /f]zg ;fksf]6f, /f;;
मंगलबार बिहान नेपाली कांग्रेसको महासमिति बैठक स्थल केहीबेर घम्साघम्सी भएको छ।
विधानको मस्यौदा प्रस्तुत नगरेसम्म बैठक सुरु गर्न नदिने जिल्ला सभापतिहरुले अडान राखेपछि त्यहाँ महासमितिका सदस्यहरुबीचमै घम्साघम्सीको अवस्था सृजना भएको हो।
सभापति शेरबहादुर देउवाले बैठक सुरु भएको घोषणा गरेपछि जिल्ला सभापतिहरु मञ्चमै उक्लिएर होहल्ला गर्न थालेका थिए।
मञ्चमा माइक लिएर नुवाकोट कांग्रेस सभापति जगदिशनरसिंह केसीले बोल्न सुरु गरेपछि सहमहामन्त्री डा। प्रकाशशरण महतले माइक खोसेका थिए।
कांग्रेस शिर्ष नेतृत्वबीच विधानमा पदाधिकारी संख्या बढाउने कि नबढाउने भन्नेमा विवाद छ। पदाधिकारी संख्या बढाउन नहुने अडानमा संस्थापन पक्ष अडिएपछि महासमिति बैठकमा पेश गर्ने विधान मस्यौदामा सहमति जुटन नसकेको हो।
बैठकस्थलमा तनाव उत्पन्न भएपछि कांग्रेस शीर्ष नेताहरु सहमति जुटाउन छुट्टै बैठक बसेका थिए।
सोमबारको महासमिति बैठकमा पनि विधानको मस्यौदा बैठकमा पेश गर्न ढिलाई नगर्न माग गर्दै होहल्ला गरिएको थियो।